Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१३ फागुन । सेयर बजारमा लगानी गर्न कतारका श्रमिकहरु उत्साहित देखिएका छन् । विदेशबाट बैंक खाता, डिम्याट खाता र मेरो सेयर खोल्न मिल्ने भएपछि कतारमा रहेका श्रमिकहरु सेयर बजारमा लगानी गर्न उत्साहित भएका हुन् ।
खासगरी ठूलो पुँजीको सेयर निष्कासन गरेको नेपाल इन्फ्राइस्ट्रक्चर डेभलपमेन्ट बैंक ९निफ्रा०मा आवेदन दिएका सबैलाई आईपीओ परेपछि कतारमा श्रम गर्दै आएका नेपालीहरुमा पनि सेयर लगानीमा आकर्षण बढेको छ ।
यहाँबाट बैंक खातासहित सेयर आवेदन फारम भर्नका लागि मिल्ने भएपछि नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ लगायत बैंकका प्रतिनिधिहरु मार्फत कतारका श्रमिकहरुले खाता खोलेका छन् । वैदेशिक रोजगारीका क्रममा श्रम गर्नका लागि अनिवार्य बैंक खाता खोल्न पर्ने भएपछि मात्रै बैंक खाता खोलेर प्रयोग गरेका श्रमिकहरुले अहिले सेयरमा लगानी गर्न डिम्याट खाता खोल्न थालेका छन् ।
हालै सिद्धार्थ बैंक मार्फत डिम्याट खाता खोलेर ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको आईपीओमा लगानी गरेका गोर्खाका विनोद श्रेष्ठ र नुवाकोटका निरजकुमार थापा १०र१० कित्ताको साझेदार बनेका छन् ।
गोेर्खाकै सन्तोष श्रेष्ठ भने पहिलो गाँसमै ढुंगा लागेको बताउँछन् । उनले पनि ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ भरेका थिए । पहिलो पटक नै हात शून्य भएपछि उनी अलि निराश देखिए । यद्यपि महिला लघुवित्तको आईपीओ पनि भरेको सुनाउँदै श्रेष्ठले यसमा आशावादी रहेको सुनाए ।
सात वर्षदेखि कतारमा रहेका नुवाकोट खड्गभन्ज्याङका सुमन खड्का भने सेयर बजारका पुराना लगानीकर्ता हुन् । उनले आफूसहित परिवारका सबै सदस्यहरुको डिम्याट खाता खोलेर सेयरमा लगानी गरेका छन् । विदेशमा भएकाले सुरुवाती समयमा सेयरमा लगानी गर्न नपाएको तर अहिले विदेशबाटै सेयरमा लगानी गर्न मिल्ने भएपछि कुनै पनि कम्पनीको आईपीओ नछुटाइ लगानी गरेको उनले सुनाए । परिवारका सदस्यसहितको हाल करिव २ लाख ५० हजारभन्दा बढीको सेयर पुँजी रहेको खड्काले सुनाए । आईपीओमा लगानी गर्दा नोक्सानी व्यहोर्न नपर्ने उनको अनुभव छ । उनले दोश्रो बजारमा प्रवेश गर्नका लागि भने लहलहैमा नलागेर बुझेर मात्रै लाग्नुपर्ने सुझाव दिए ।
पछिल्लो सयम कतारमा रहेका श्रमिकहरुले सेयर बजारमा लगानी गर्नका लागि धमाधम बैंक खाता र डिम्याट खाता खोल्न थालेको कतारस्थित नेपाल इन्भेष्टमेन्ट बैंकका प्रतिनिधि प्रकाश फुयाँलले बताए । पछिल्लो समय सेयर बजारमा लगानी गर्नकै लागि दिनहुँ ६ जनाभन्दा बढीको नयाँ खाता खोलेको उनले बताए ।
आप्रवासी कामदारको प्रमुख बासस्थान रहेको सनैया क्षेत्रबाट दोहाको तरबार गेट नजिकै सिटी एक्सचेन्जमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोल्न सुनसरी, काठमाडौं र पाल्पाका तीन जना आएकामध्ये दुई जनाको मात्रै खाता खुल्यो । उनीहरुसँगै खाता खोल्ने ठाउँमा पुगेका चितवनका प्रकाश न्यौपानेले करिव तीन घण्टा लाइनमा बसेर खाता खोलेका बताए ।
बैंकका प्रतिनिधिले तीन जनाको मात्रै काम गर्न भ्याउने भनेपछि सनैयाबाट आएका दुई जनाको बैंक खाता खुल्यो भने एक जना अर्को दिन आउने गरी फर्किए । बैंकले निःशुल्क खाता खोलिदिएपछि खाता खोल्न आउनेहरुको लर्को लाग्न थालेको छ । बैंक खाता खोलेपछि डिम्याट खोल्न एक सातादेखि दुई सातासम्म लाग्ने भएकाले पछि आउन बैंकका प्रतिनिधिले आग्रह गरेका थिए । डिम्याट नम्बर र सिआरएन नम्बर लिन पुनः आउनका लागि आग्रह गरिएको थियो ।
त्यस्तै सिद्धार्थ बैंक मार्फत सेयरमा लगानी गर्नका लागि बैंक खाता र डिम्याट खोल्न नेपालीहरु आउने गरेको नज्मास्थित गल्फ एक्सचेन्जमा रहेको सिद्धार्थ बैंकका प्रतिनिधि दुर्गा रिजालले जानकारी दिए । नेपाल इनभेष्टमेन्ट बैंकले निःशुल्क रुपमा बैंक खाताका खोलेको छ भने डिम्याट र मेरो सेयरको एक वर्षका लागि कुनै शुल्क नलाग्ने जनाएको छ । यता सिद्धार्थ बैंकका प्रतिनिधिले भने बैंक खाता खोले वापत कतारी ५० रियाल (नेपाली सरदर १५ सय ७५ रुपियाँ लिएका छन् ।
त्यस्तै जागरुक युवा समाज नेपाल कतारले संस्थामा आवद्ध भएका आफ्ना सदस्यहरुलाई सेयर बजार सम्बन्धी आधारभूत जानकारी, डिम्याट खाता, बैंक खाता खोल्ने प्रक्रिया सम्बन्धी तालिम दिने योजना बनाएको समाजका उपाध्यक्ष यादवप्रसाद चौलागाईले जानकारी दिए । उनले कतारको नियम अनुसार सामाजिक दुरी कायम गर्दै सन्चालन गर्ने कार्यक्रममै बैंकका प्रतिनिधि मार्फत बैंकिङ्ग प्रक्रियाहरु पनि पूरा गर्न सहयोग गर्ने जनाएका छन् ।
हाल कतारमा करिव ३ लाख ५१ हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय