Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

१२ फागुन । फ्रान्सेली कलाकार जेरार्ड डेपार्ड्युविरुद्ध बलात्कारको आरोप लागेको छ। तीन वर्ष अघि उनकै घरमा एक अभिनेत्रीलाई बलात्कार गरेको आरोप लागेको हो। हाल घटनाबारे अनुसन्धान अघि बढेको छ।
पीडित महिलाले यौनजन्य दुर्व्यवहार र बलात्कार गरेको बताएकी छिन्। उनका अनुसार घटना सन् २०१८ मा पेरिसमा घटेको हो।
जेरार्डका वकिलले फ्रेन्च न्यूज एजेन्सीसँग यस आरोप र अनुसन्धानबारे खबर सार्वजनिक हुनुलाई गलत भएको बताएका छन्। एकपछि अर्का चर्चित कलाकारविरुद्ध यौनजन्य दुर्व्यवहारको आरोप लाग्नुले फ्रान्सको कला क्षेत्रमा तरङ्ग पैदा बीबीसीमा जनाइएको छ।
७३ वर्षीय जेरार्ड सफल अभिनेता हुन्। उनका ुजीन डी फ्लोरेटु, ुग्रीन कार्डु, ुसुरानोुजस्ता फिल्महरू चर्चित छन्। उनले १ सय ७० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। सन् १९७३ मा डेब्यू गरेका उनले सुरानोमार्फत् सन् १९९० को कान्समा उत्कृष्ट अभिनेताको अवार्ड समेत जिते। सोही भूमिकाका लागि उनी अस्करमा समेत मनोनयमा परेका थिए। ग्रीन कार्डमा निभाएको चरित्रका कारण उनी फ्रान्सेली भाषा बाहेकको दर्शकको आँखामा परेका थिए।
बलात्कार आरोपको प्रारम्भिक अनुसन्धान सन् २०१९ मा खारेज भएको थियो। कारण – आरोपितसँग पर्याप्त प्रमाण नहुनु। सन् २०२० को मध्यदेखि अनुसन्धान पुनस् सुरु भयो।
हाल उनी स्वतन्त्र छन्‍ तर न्यायिक निगरानीमा।
आरोपितको वकिल एलोडी टुइइलोन हिबोनले पनि एएफपीसँग आफू जसका लागि लडिरहेकी छिन् उनको गोपनीयता कायम रहनु पर्नेमा जोड दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय