
१२ फागुन ।हिजो प्रतिनिधिसभा पुनर्स्थपन गर्न सर्वोच्च अदालतले फैसला सुनाएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोनबाटै खुशी आदानप्रदान गरेका पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौं आएलगत्तै उनलाई भेट्न पुगेका छन्।
आज पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाको निवासमा दाहाल र नेपाल पुगेका हुन्। उनीहरुबिच आधा घन्टा छलफल भएको हो। देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रतिनिधिसभा पुनर्स्थपना भएको खुशीयाली साटासाट भयो। साथै दाहाल र नेपालले मिलेर जाने प्रस्ताव गरेको उनले जानकारी गराए।
ुमिलेर जाउँ भन्ने कुरा भयो,भानुले भने। उनका अनुसार दाहाल र नेपालबाट आएको प्रस्तावको विषयमा भोलि काँग्रेसमा छलफल हुने छ।
ुउहाँहरुबाट आएको प्रस्तावबारे छलफल गर्न भोलि काँग्रेसको पदाधिकारी बैठक हुनेछ,ु देउवाले भने।