
फागुन १२ । प्रतिनिधिसभा विघटन बदर सम्बन्धमा संवैधानिक इजलासले मंगलबार गरेको फैसलामा ११ अङ्कको अनौठो संयोग जुरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन बदर गर्ने संवैधानिक इजलासको निर्णयसँगै ‘प्रतिनिधिसभा पुनर्स्थापना’ भएको छ । ‘प्रतिनिधिसभा पुनर्स्थापना’ शब्दावलीमा ११ मूल अक्षर प्रयोग भएको छ ।
यस्तै, पुस ५ मा विघटित प्रतिनिधिसभाबारे संवैधानिक इजलासले लामो सुनुवाइ प्रक्रिया पुरा गर्दै फागुन महिनामा फैसला सुनाएको हो । ‘फागुन’ ११ औँ महिना हो । इजलासले ११ गते फैसला सुनाएको हो जो ११ अंकको अर्को अनौठो संयोग हो । यस्तै, इजलासले एकादशी तिथिका दिन फैसला सुनायो । एकादशी ११ औँ तिथि हो ।