Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१२ फागुन । सशस्त्र प्रहरी बलले सङ्गठनको नीति विपरीत काम गरेको भन्दै आधा दर्जन प्रहरीलाई कारबाही गरेको छ।
सशस्त्र प्रहरी बलको दुई नम्बर प्रदेश छिन्नमस्ता बाहिनीले सिनियर प्रहरी अधिकृतदेखि जुनियर अधिकृतहरूलाई कारबाही गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालले नसिहत पाएका छन्। महोत्तरी स्थित बोर्डर आउट पोस्ट सम्सिका सशस्त्र प्रहरी निरीक्षक गणेश न्यौपानेलाई कमान्डबाट फिर्ता गरेर नसिहत दिइएको छ। यस्तै बारा स्थित बोर्डर आउट पोस्ट बंकुलका सशस्त्र प्रहरी निरीक्षक किरण केसीलाई पनि चेतावनी दिएको छ।
ुसंगठनको निति विपरित काम गर्नेलाई कारबाही हुन्छ। उनीहरुले पनि कारबाहीमा पर्ने काम गरे होलान्,ु सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले भने।
महोत्तरी स्थित सुरक्षा बेस रामनगरका सशस्त्र प्रहरी निरीक्षक नन्दराज राईलाई पनि चेतावनी दिइएको छ। बिओपि खैरबनि महोत्तरी का सशस्त्र प्रहरी निरीक्षक सुजन गोलेले पनि कारबाही भोगेका छन्। बिओपि गोलागंजका सशस्त्र प्रहरी नायब निरीक्षक अशोक यादव र सशस्त्र प्रहरी सहायक निरीक्षक अखिलेश यादवले क्रमश ग्रेड रोक्का र बढुवा रोक्काको कारबाही परेका छन्।
सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमले बाहिनिको कमान्ड सम्हालेपछि गलत क्रियाकलाप गर्ने मातहत कर्मचारी माथि कारबाही सिफारिस गरेका हुन। त्यस्तै घुमुवा रहेका अन्य पाँच दर्जन प्रहरी समेत बाहिनी तानिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय