Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
प्रयोगशालाको लापरवाहीले कोरोना बिमा भुक्तानीमा समस्या स् स्वास्थ्य मन्त्रालय
Nepali Unicode | Preeti to Unicode

११ फागुन । सरकारले कोभिड(१९ परीक्षण गर्ने प्रयोगशालाको लापरबाहीले कोरोना बिमा गरेका संक्रमितले रकम पाउन नसकेको दावी गरेको छ ।
प्रयोगशालाहरुले कोरोना परीक्षणको नतिजा नेशनल टेस्टिङ गाइडलाइनले तोकेको ढाँचामा २४ घण्टाभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० मा पठाउनुपर्नेमा नपठाएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विवरण सही ढंगले नपठाउँदा बिमा दावी प्रमाणीकरणमा समस्या भएको मन्त्रालयका सहायक प्रवक्ता डा। समीरमणि अधिकारीले बताएका छन् ।
कोरोना बिमा रकम दावी गर्ने व्यक्ति संक्रमित भएका हुन् कि होइनन् भनी प्रमाणीकरण गर्न बिमा समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि सम्मिलित एक टोली गठन गरिएको छ । उक्त टोलीले कोरोना बिमा दावी गरेका विमितहरुको विवरण र मन्त्रालयसँग रहेको कोरोना संक्रमितको अभिलेख रुजु गर्ने काम गरिरहेको छ ।
रुजु गर्ने क्रममा पीसीआर परीक्षण गरिएको मिति भन्दा अगाडिकै मितिमा व्यक्ति संक्रमित भएको भनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इडीसीडीमा रिपोर्टिङ भएको पाइएको मन्त्रालयले जनाएको छ । सहप्रवक्ता अधिकारीले त्यस्तो विवरण भएका संक्रमितले बिमावापतको रकम नपाउने भनी मन्त्रालयको सचिवस्तरको बैठकले निर्णय गरेको बताएका छन् ।
मन्त्रालयले फागुन १० देखि अघि परीक्षण गरिएको तर तोकिएअनुसार पठाउन छुट भएका कोरोना संक्रमितको विवरण तोकिएकै ढाँचामा अनिवार्य रुपमा पठाउन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।
‘यसरी तोकिएबमोजिमको समयभित्र र ढाँचामा ती विवरणहरु उपलब्ध नभएमा कोरोना बिमा दावी प्रमाणीकरणका लागि अयोग्य ठहरिनेछन्’ सहप्रवक्ता डा। समीरमणि अधिकारीले जारी गरेको सूचनामा भनिएको छ ‘यसबाट विमित व्यक्तिहरुलाई पर्न जाने कठिनाइप्रति सम्बन्धित प्रयोगशालाहरु नै जिम्मेवार हुनुपर्नेछ ।’
मन्त्रालयले अबदेखि नियमित रुपमा तोकिएको ढाँचामा विवरण नपठाउने प्रयोगशालाको सम्बन्धन खारेज र नियमअनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
मन्त्रालयले कोरोना बिमा दावीका लागि प्रक्रियामा रहेका तथा प्रमाणीकरणका भएका विमितको विवरण स्पष्ट र बुझिने गरी नियमित रुपमा जानकारीका लागि सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।
कोरोना बिमा दावी रकमको प्रमाणीकरण गर्ने टोलीले १८ हजार विवरण प्रमाणीकरणका लागि प्राप्त भएकामा १५ हजार जनाको प्रमाणीकरण गरिसकेको छ । तर कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको र कतिपयको परीक्षण मिति नमिलेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय