
फागुन ११ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा मंगलबार पनि राजधानीमा प्रदर्शन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड –माधव समूह निकट विभिन्न संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
राजधानीको शान्तिबाटिकामा भएको प्रदर्शनमा प्रचण्ड–नेपाल निकट आदिवासी जनजाति महासंघ नेपाल, अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारू राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन लगायतको सहभागिता रहेको थियो ।