Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

फागुन ११। रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा १ वर्षीय बालिकाको हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका छन् । छोरीको हत्या गरेको आरोपमा २१ वर्षीय प्रेमा यादवसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा प्रेमासहित उनका ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान राजकुमार यादव र प्रेमाका साथी लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का प्रदिप चौधरी रहेका छन् ।
प्रेमाले छोरीको हत्या गरी आफूले आत्महत्या गर्ने मनसाय बनाएर घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रेमाले आफ्नो कोठामा पंखामा बाँधिएको डोरीमा छोरीलाई झुण्ड्याएर आफुले समेत सोही डोरीमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । नन्दले डोरी काटेर प्रेमालाई बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।
बालिकाको शव भने नजिकैको खोलामा लगेर गाडी सकेको जानकारी प्राप्त भएपछि तत्काल प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । प्रहरीले दानव खोला नजिक बालिकाको शव फेला परेको थियो । प्रहरीले थप अनुसन्धानको लागि पक्राउ पर्नेहरुमाथि अदालती प्रकृया अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय