Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उद्घाटन गरेको दाङ देउखुरीको सिसहनिया–महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड गर्नेहरुलाई प्रहरीले अझै पहिचान गर्न सकेको छैन ।
पुलको शिलालेख तोडफोड भएको घटना गत साता प्रकाशमा आएको थियो । यद्यपि प्रहरीले तोडफोडमा संलग्न व्यक्ति वा समूहको पहिचान गर्न नसकेको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तोडफोडमा संलग्न व्यक्ति वा समूहको पहिचान गरी पक्राउ गर्न तथा आवश्यक कानुनी कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी रविन्द्र बहादुर धानुकले प्रधानमन्त्रीद्वारा उद्घाटन गरिएको पुलको शिलालेख तोडफोड गर्नेहरुलाई कानुनी दायरामा ल्याइछाड्ने बताए । उनले आफु मातहतको जिल्ला प्रहरी कार्यालय दाङलाई घटनाका दोषी पहिचान गरी तत्काल पक्राउ गर्न निर्देशन दिइसकेको जनाए ।
सार्वजनिक सम्पत्ति तोडफोड गर्नेहरुलाई कानुन बमोजिम मुद्दा दर्ता गरेर कारबाही गर्न निर्देशन दिइएको उनको भनाइ छ । ‘सार्वजनिक सम्पत्ति तोडफोड गर्ने काम भएको छ, यसमा संलग्नलाई प्रहरीले कानुनी दायरामा ल्याउँछ,’ धानुकले भने, ‘घटनाका दोषी कोही पनि उम्किन पाउनेवाला छैनन् ।’
जिल्ला प्रशासन कार्यालय दाङले पनि तोडफोडमा उत्रनु गैरकानुनी काम भएको भन्दै यसलाई कानुनी दायरामा ल्याइने बताएको छ । दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जो कोही भए पनि कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइसकेको बताए । प्रहरीले छिट्टै दोषीहरुलाई कानुनी दायरामा ल्याउनेमा आफू विश्वस्त रहेको भन्दै उनले सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई मुद्दा चलाई कानुनी कारबाही गरिने बताए ।
पुलको सम्पूर्ण भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै स्थानीयवासी रुष्ट बनेका थिए । प्रधानमन्त्रीले पुल उद्घाटन गर्ने दिन नै असन्तुष्ट स्थानीयवासीले विरोधस्वरुप प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने तयारी गरे पनि प्रहरीको कडा सुरक्षाका कारण त्यो सम्भव हुन सकेन । उनीहरुले शिलालेख सच्याउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाब दिँदै आएका थिए ।
तिनै असन्तुष्ट समूहले शिलालेख तोडफोड गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टलाई जिल्ला प्रहरी कार्यालय दाङले तोडफोडबारे जानकारी आएलगत्तै घटनाको अनुसन्धान गर्न जिम्मेवारी दिएर पठाएको छ ।
प्रधानमन्त्री ओलीले गत माघ १२ गते शिलालेख अनावरण गर्दै राप्ती पुल उद्घाटन गरेका थिए । सुरक्षाको कारण देखाउँदै उद्घाटन कार्यक्रममा स्थानीयलाई निषेध गरिएको थियो ।
राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय