
फागुन ११ ।काका स्वास्थ्यकर्मीमध्ये झण्डै आधामा अत्याधुनिक सीएलआइए बेस्ट एन्टिबडी टेस्टमार्फत जाँच गर्दा कोभिड–१९ को संक्रमण भएको पाइएको छ । डिसेम्बर ३ देखि २५ सम्म २० अस्पतालमा पुगेर कोभिड–१९ को एन्टीबडीको व्यापकता पत्ता लगाउन अत्याधुनिक सिएलआइए बेस्ट एन्टिबडी टेस्टमार्फत नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जाँच गर्दा यस्तो पत्ता लागेको हो ।
अध्ययनले एन्टिबडीको जाँच गर्दा औसतमा मंसिरको पहिलो दुई सातासम्म ४५।३ प्रतिशतमा कोभिड–१९ रहेको देखिएको थियो । यस्तै अस्पतालको व्यापकता भने ३२।२ देखि ५७।२ प्रतिशत रहेको अध्ययनले देखाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।
काठमाडौंका २० अस्पतालका ८ सय स्वास्थ्यकर्मीको नमुना लिइएको थियो भने १८ प्रतिशत डाक्टर, ३६ प्रतिशत नर्समा, २२ प्रतिशत प्रशासनिक कर्मचारी, ७ प्रतिशत ल्याबका कर्मचारी, अन्य १७ प्रतिशत अस्पतालका कर्मचारीमा संक्रमण भएको अध्ययनका क्रममा पाइएको थियो ।