Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

फागुन ९ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदै छन् । उनी आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् ।
उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन् । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ ।
उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ । उपचारका क्रममा उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय