Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
शैक्षिक सत्र पछाडि धकेलिँदा विदेश पढ्न जान समस्या
Nepali Unicode | Preeti to Unicode

७ फागुन । चालु वर्षको शैक्षिक सत्र जेठमा सक्ने निर्णय आएसँगै विदेश पढ्न जाने विद्यार्थीहरु जान नपाउने सम्भावना बढेको छ । प्राय नेपाली विद्यार्थी अध्ययन गर्न जाने देशमा अंग्रेजी महिनाको जुन, जुलाई अर्थात चैत, वैशाखमा शैक्षिक सत्र सुरु हुन्छ ।
नेपालमा कोभिड–१९ महामारीका कारण शैक्षिक सत्रको लामो अवधि विद्यालयहरु सञ्चालन हुन नसक्दा जेठ मसान्तमा शैक्षिक सत्र सक्ने मन्त्रालयले निर्णय गरेको छ ।
शिक्षक तथा विद्यालयले विद्यार्थीले घरमा सिकेको कुरालाई शिक्षासँग जोड्न सकेको भए यो वर्षको शैक्षिक सत्र पछाडि धकेल्न नपर्ने शिक्षाविद डा। विद्यानाथ कोइराला बताउँछन् ।
शिक्षक तथा विद्यालयको अनविज्ञताले विद्यार्थीहरु विदेश पढ्न जानबाट बञ्चित हुनुपर्ने उनको भनाई छ । चैतमा शैक्षिक सत्र सकिँदा विदेशी मुलुकहरुमा सुरु हुने शैक्षिक सत्रमा सहभागी हुन पाउँथे तर अब जेठमा सक्दा उनीहरु जान नपाउने सम्भावना बढेको उनको तर्क छ ।
टिच फर नेपालका अध्यक्ष शिशिर खनाल यो वर्षको शैक्षिक सत्र पछाडि धकेलिँदा विद्यालयको दृष्टिकोणबाट ठीक भएको बताउँछन् । उनी भन्छन् ‘म अहिले पनि दाङतिर छु । विद्यालयहरुको दृष्टिकोणबाट मन्त्रालयको निर्णय ठिक छ ।’
अहिलेकै अवस्थामा भाइरसविरुद्घको खोप प्रयोगमा ढिलाई हुँदा अधिकांश देशले विदेशी नागरिकलाई आगमन निषेध गर्न सक्ने सम्भावना पनि रहेको उनको भनाइ छ । त्यसकारण अगाडि नै शैक्षिक सत्र सकिँदा पनि जान नपाउने सम्भावना रहेको आशंका व्यक्त गर्छन् ।
शिक्षाविद् डा। विद्यानाथ कोइराला भने शैक्षिक सत्र पछाडि धकेलिनु शिक्षकको कमजोरी रहेको बताउँछन् ‘मैले बारम्बार विद्यार्थीले घरको भान्सामा, बारी, गोठालोमा सिकेको कुरालाई शिक्षासँग जोड्ने हो भने शैक्षिक सत्र चैतमा सकिन्छ भन्दै आएको छु’ उनले भने । टेलिभिजन हेरेर बुझेको कुरा, सिकेको कुराको विषयलाई, गोठालो जाँदा, घाँस काट्दा, खाना पकाउँदा सिकेको कुरालाई शिक्षासँग जोड्नुपर्ने उनको भनाइ छ ।
यसरी दैनिक क्रियाकलाप शिक्षासँग जोड्न सके बालबालिकालाई किताब किन्न नपर्ने उनको जिकिर छ । उदाहरण दिँदै भन्छन् ‘बाख्राको पुच्छर र गाईको पुच्छर फरक हुनुको कारण सोध्न सकिन्छ । त्यसले विद्यार्थीहरुलाई विश्लेषण गर्न, सिर्जना गर्न जान्ने, सञ्चार गर्न जान्ने बनाउन सकिन्छ ।
विद्यार्थीले घरमा सिकेको कुरालाई शिक्षासँग जोड्न प्राविधिक कठिनाइ भएको टिच फर नेपालका अध्यक्ष खनाल बताउँछन् । विविधिता पूर्ण समाज भएकोले विद्यार्थीले भाषिक, सांस्कृतिक समुदाय अनुसार सिक्ने कुरा फरक हुँदा मुल्यांकनमा समस्या हुने उनको भनाइ छ ।
त्यसको लागि शैक्षिक पाठ्क्रम नै संशोधन गर्नुपर्ने उनको जिकिर छ । उनी भन्छन् ‘डोल्पाको विद्यार्थी र काठमाडौंको विद्यार्थीले घरमा सिक्ने कुरा फरक हुन्छ । भाषा, संस्कृति, काम गराई । त्यसलाई कसरी मुल्यांकन गर्ने भन्ने कुरा कठिन छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय