Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन ७। नेपाली काँग्रेस ओखलढुंगाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्व सचिव मित्रसेन दाहालको निधन भएको छ । दाहालको शुक्रबार विहान ९ः४५ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो ।
वि।सं २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर–४ मा जन्मिएका दाहाल २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं। १ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । स्वर्गीय दाहालले नेपाली काँग्रेसद्वारा सञ्चालित वि।सं। २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवन समेत व्यतित गरेका थिए ।
स्वर्गीय दाहालले राजनीतिक क्षेत्रको साथ साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरुमा संलग्न रहँदै आएका थिए । स्वर्गीय दाहालले नेपाली काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । दाहालका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
अपरान्ह ३ बजे उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । यसैवीच काँग्रेस सभापति शेरबहादुर देउवाले नेता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । सभापति देउवाले स्वर्गीय दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय