Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

फागुन ६ । नेपालका लागि जापानी राजदूत मसामिचि साइगोले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाई भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटघाट गरेका हुन्
भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीचका सरकार र जनस्तरमा सुमधूर सम्बन्ध रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको बताए । दुई देशबीच बेलाबेलामा हुने उच्चस्तरीय भेटघाटले नै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लगेको पनि अध्यक्ष तिमिल्सिनाले बताए ।
यस्तै कोरोना भाइरस विरुद्धको खोपलाई जापान सरकारले अनुमति दिएसँगै जापानमा छिट्टै नै यस रोगविरुद्धको लडाइँमा महत्वपूर्ण जित हासिल गर्ने विश्वास समेत व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले राजदूत साईगोलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा बधाई तथा धन्यवाद समेत ज्ञापन गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय