Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

फागुन ६। प्रतिनिधि सभा विघटन, महँगी र भ्रष्टाचार विरुद्ध चौथो चरणको आन्दोन जारी राखेको नेकपा प्रचण्ड–माधव पक्षले आज बिहीबार काठमाडौँमा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । केन्द्रीय संघर्ष समितिको घोषणा अनुसार बिहीबार अपराह्न चार बजेदेखि ५ बजे एक घण्टा टुँडिखेल घेराउ गर्न लागेको नेकपा केन्द्रीय कार्यालयका कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए ।
तुलाधरले मानव साङ्लोका लागि उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरु परिचालन हुने बताए ।
मानव साङ्लोका लागि विभिन्न जनवर्गीय संघठनलाई आर्क नै तोकिएको छ ।
त्यसका लागि मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीका कार्यकर्ता रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटिनेछन् ।
त्यस्तै विद्यार्थीहरुले भद्रकालीदेखि सुन्धारासम्म, सम्पर्क कमिटी, जबस मोर्चा र युवाहरुलाई बाँकी भूभागमा खटाइने छ । ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा र बाजागाजा सहित उपस्थित हुन पार्टीले निर्देशन दिएको छ ।
मानव साङ्लोमा सहभागी हुन मजदुरतर्फ एकहजार, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका कमिटिका क्रमश, एकहजार, ५सय र ३ सयको संख्यामा उपस्थिति हुन भनिएको छ । त्यस्तै विद्यार्थी र सम्पर्क कमिटिका तर्फबाट एक–एक हजार, युवाका तर्फबाट ५ सय जनशक्ति परिचालन हुने नेकपाले जनाएको छ । मानव साङ्लोमा सहभागी हुनेहरुलाई पौने चार बजे नै सम्बन्धित आर्कमा पुग्न भनिएको छ ।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका तुलाधरले उपलव्ध केन्द्रीयस्तरका नेताहरु समेत मानव साङ्लोमा सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय