
५ फागुन। नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुने भएको छ । यद्यपि यो मितिमा १०र१५ दिन तलमाथि हुनसक्ने नेताहरुले बताएका छन् ।
पाँच वर्षमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानअनुसार ६ महिना म्याद थपका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकका लागि सानेपा पुगेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छलफल भएपनि सहमति हुन सकेको छैन ।
छलफलमा सहभागी एक नेता भन्छन्, ‘उहाँहरुले भदौ ७–१० सम्म महाधिवेशन गर्ने प्रस्ताव ल्याउनु भएको छ । यसमा सहमति भइसकेको छैन । भोलिसम्म यसलाई टुंग्याउने सहमति भएको छ ।’