Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

५ फागुन। सुनको भाउ पछिल्लो आठ महिनायताकै सस्तो भएको छ । एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले भाउ घटेपछि सुनको भाउले ९० हजारभन्दा तल्लो अंक छोएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको भाउ हालसम्मकै उच्च प्रतितोलामा १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो ।
असार ५ गतेपछि पहिलो पटक छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय कायम भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
असार ५ गते ८९ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजार र कारोबार नहुनु नै सुनको मूल्य घट्ने मुख्य कारण भएको महासचिव बज्राचार्यले बताए ।

महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । हिजो छापावाल सुन ९० हजार ९ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन १ हजार ५० रुपैयाँ घटेर ८९ हजार ३ सय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
मंगलबार तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको भाउभन्दा २० रुपैयाँ सस्तो भएर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा चाँदीको कारोबार मूल्य तोकिएको छ ।
कोरोना कहरका कारण सरकारले सुन आयातको कोटा घटाउँदा बजारमा कच्चा सुनको चरम अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
दैनिक १५ किलोको दरले दैनिक आयात हुने सुन १० किलोमा झार्दा अफ सिजनमा पनि सुनको अभाव व्यवसायीले झेलेको महासंघका महासचिव बज्राचार्य बताउँछन् ।
सामान्य अवस्थामा बजारमा दैनिक ४० किलोको दरले सुनको कारोबार हुने गरेकोमा अहिले कारोबार गिरावट आए पनि सुनको अभाव कायम रहेको उनले बताए ।
देशैभरका व्यवसायीहरुबाट सुन अभावको गुनासो आएपछि सरकारलाई कोटा बढाउन महासंघले आग्रह गरेको महासचिव बज्राचार्यले बताए ।
कोरोनाका कारण अर्थतन्त्रमा असर पर्न सक्ने भन्दै गत चैत १६ गतेदेखि सुनको आयात कोटा प्रतिदिन १० किलोमा झारेको थियो । महासंघका अनुसार एक वर्षमा नेपालमा ५० अर्ब रुपैयाँ बराबरको सुन चाँदीको कारोबार हुन्छ ।
देशभर २२ हजार व्यवसायी यो क्षेत्रमा संलग्न रहेको र १२ अर्बभन्दा धेरै कर राज्यलाई बुझाउने गरेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय