Nepali Unicode | Preeti to Unicode
 BREAKING
काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री | ओलीप्रति थप आक्रामक बालेन, भने : कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू | विराटनगरको पोखरीया माविकी छात्राले २ तला माथिबाट हाम्फाल्दा अवस्था गम्भीर | बुटवल-नारायणगढ सडकको काम समयमै पूरा नभए ठेक्का तोड्छौं : मन्त्री दाहाल |

४ फागुन । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुर्ख्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट नयाँपुलबाट सोमबार पक्राउ परेका हुन्।
अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा लैजाने भन्दै काठमाडौँबाट नेपालगञ्ज हुँदै भारतको नयाँदिल्ली पुर्‍याएर त्यहाँबाट चेन्नाई हुँदै श्रीलङ्का पुर्‍याएपछि एक महिला अलपत्र परेकी थिइन्। श्रीलङ्का पुर्‍याएपछि त्यहाँ सिरक खान र आलिक खानले आफ्नो साथमा राखेर घरबाट बाहिरसमेत जान नदिई थुनामा राखेको अवस्थामा श्रीलङ्काली प्रहरीले पक्राउ गरी १० महिना थुनामा राखेको थियो।
ती महिला श्रीलङ्काको जेलमा रहेको थाहा पाएपछि कोलम्बोस्थित नेपाली दूतावासको सहयोगमा उनलाई नेपाल फर्काइएको ब्यूरोले जनाएको छ। महिलालाई गएको माघ ३० गते नेपाल फर्काइएको थियो। ती महिलाको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरी कारवाही अगाडि बढाएको ब्यूरोले जनाएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय