Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

फागुन ३ । कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउन विज्ञहरूले आह्वान गरेका छन् । आइतबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको ‘९का विष्ेभिड–१९० को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जनस्वास्थ्यविज्ञहरूले सो आग्रह गरेका हुन् ।
कार्यक्रममा खोप शाखा प्रमुख डा।झलक गौतमले खोप लगाएका ध्ये कसैलाई पनि कुनै समस्या नदेखिएको दाबी गरे । उनले खोपबारे भ्रम नछर्न समेत आग्रह गरे । डा।गौतमले एक व्यक्तिलाई १ डलर लगानी गरे १६ डलर बराबरको फाइदा हुने उनले बताए ।कार्यक्रममा खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा। श्यामराज उप्रेतीले यसअघि पहिलो चरणको दोस्रो डोज खोप ४ हप्ताभित्र लगाउने निर्णयलाई सरकारले पुनर्विचार गर्न आग्रह गरे । उनले पहिलो खोप लगाएकालाई ८ देखि १२ हप्ताभित्र ‘बुस्टर डोज’ का लागि दोस्रो खोप लगाउने निर्णय गरेको सुनाए ।कोभिसिल्ड खोपको दोस्रो मात्र ६ हप्ताभन्दा कम अन्तरमा लगाउँदा ५४ दशमलव ९ प्रतिशत मात्र प्रभावकारी हुने र १२ हप्ताको अन्तरमा लगाउँदा ८२ दशमलव ४ प्रतिशत प्रभावकारी देखिएको अध्ययनले देखाएको उनले बताए । त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा।अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाउँदैमा सुरक्षित नभइने बताए ।‘खोप लगाएहरूमा एकै किसिमबाट रोग प्रतिरोधात्मक क्षमताको विकास एकै किसिमले नहुने भएकाले कोरोना संक्रमणको जोखिम अझै पनि छ’ उनले भने, ‘पूर्णरुपमा रोग प्रतिरोधात्मक क्षमताको विकास दोस्रो डोज लगाएपछि हुन पनि सक्छ ।’ त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अतिआवश्यक भएको उनले बताए ।कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले महामारीका बीचमा खोप ल्याएर सरकारले राम्रो काम गरेको बताए । खोप अभियानलाई सफल पार्न पत्रकारहरूको भूमिका महत्पूर्ण हुने उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय