Nepali Unicode | Preeti to Unicode

फागुन ३ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयनको कसी प्रदेश सरकार भएको बताएका छन् । सरकार स्थापनाको तेस्रो वार्षिकोत्सवमा राईले प्रदेश सरकार नै संघीयता कार्यान्वयन आधार भएको दाबी गरेका हुन् ।
यो पहिलो, पहिलो संघीय अनुभव भएको र आधार संरचना, कानुन र पूर्वाधारको अभावबीच प्रदेश सरकार अहिलेको अवस्थामा आएको बताए । उनले भने, सही मनस्थिति र सुझबुझको ढंगले हामी अघि बढेका छौं । ठोस उपलब्धिसाथ सरकार अघि बढेको छ ।ू राईले यो तीन वर्षमा विकासको आधार तयार गरेको दाबी गर्दै प्रादेशिक संरचना नै संघीयताको मर्म भएको जिकिर गरे ।
सरकार अविचलित रहेको अनि आधार र थिति बसाल्ने काम गर्दै पाँच वर्षका लागि नभएर पछिसम्मको आधार तयार गरिरहेको बताए । उनले भने, ूप्रदेश सरकारले विकासमा गति लिएको छ अब हामी शिलान्यासबाट विकास परियोजना उद्घाटनको चरणमा पुगेका छौं ।ू राईले सीमित स्रोत र साधनबीच विकासको आकांक्षा बढी भएकाले स्रोत बढाउन आवश्यक रहेको बताए । संघीयता कार्यान्वयन गर्ने मूल जिम्मेवारी प्रदेश सरकारको भएको राईको भनाइ छ

यो अवधिमा सरकारले १२३ कानुन निर्माण गरेको, कोभिड असर परेकोले कृषि १६८० किसानलाई ७ करोड रुपैयाँभन्दा धेरै रकमको राहत वितरण गरेको र विकासका प्रयत्न जारी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय