Nepali Unicode | Preeti to Unicode

बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा चिकित्सक,विरामीसहित १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।संक्रमित हुनेहरुमा चिकित्सक , नर्स र विरामीहरु रहेका छन् ।

हस्पिटलमा कार्यरत १० महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ओम खड्काले बताए । उनका अनुसार २० देखि २५ वर्ष उमेर समूहका ८ र २५ देखि ३० वर्ष उमेर समूहका ४ जनामा संक्रमण पुष्टि भएको हो । भदौ १८ गते १४ जनाको अस्पतालबाटै पीसीआर परीक्षणका लागि थ्रोड स्वाब नमूना संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाएको थियो । १४ मध्ये १२ जनाको रिपोट पोजेटिभ आएको खड्काको भनाई छ ।अहिले अस्पताल र विर्तामोड नगरपालिकाबीच छलफल गरेर थप कार्यलाई अघि बढाउने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय