Nepali Unicode | Preeti to Unicode

फागुन २ । बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूलाई धम्की दिएको दिएको भन्दै विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी छन् ।
बस्नेतले युट्युबमा सपना रोका मगरका नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिएपछि उजुरी आएको महानगरीय प्रहरी परिसर काठमडौंका एसएसपी अशोक सिंहले बताए ।
एसएसपी सिंहका अनुसार जाहेरी दर्ता भइसकेको र पक्राउ पुर्जी लिन टोली अदालत गएको छ । बस्नेतविरुद्ध अभद्र व्यवहारमा पुर्जी लिइनेछ । बस्नेत अहिले काठमाडौंबाहिर रहेको प्रहरीले जनाएको छ ।
सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय