
फागुन २ । संसद् विघटनको पक्षरविपक्षमा परेको रिटमाथि संवैधानिक अदालतमा अहिले जवाफी बहस चलिरहेको छ ।
रिट निवेदकका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सकेका छन् । उनले प्रधानमन्त्रीका वकिलले भनेजस्तो सरकारलाई संसद्ले असहयोग नगरेको पनि बताएका छन् ।
अहिले अधिवक्ता दीनमणि पोख्रेलले बहस गरिरहेका छन् । प्रतिनिधिसभा विघटनको विपक्षमा १३ वटा रिट दायर भएको छ ।