Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

फागुन १ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भएको बताएका छन् ।
शनिबार काठमाडौँमा गंगा कार्की विश्वको ‘दुसाध्य जनयुद्ध’ पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पुरानो प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादी सोचसहित हमला भएको बताए । उनले ठूलो बलिदानी पछि प्राप्त उपलब्धि संकटमा परेकाले एकताबद्ध भएर त्यसको रक्षा गर्नुपर्ने उल्लेख गरे ।
मार्क्सवादलाई धर्मशास्त्रजस्तो बनाइएका कारण विश्व कम्युनिस्ट आन्दोलनले ठूलो क्षति व्यहोरेको आफ्नो ठम्याइरहेको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले ‘जनयुद्ध’लाई शान्तिमा रूपान्तरण नगरेको भए आफूहरुको जित नहुने बताए । पेरु, श्रीलंकालगायतका देशहरुको जस्तो युद्ध नहोस् भनी क्षेत्रीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको परिस्थिति अध्ययन गरी जनयुद्धलाई शान्तिमा रूपान्तरण गरेको स्मरण पनि उनले गरे ।
जनयुद्ध शान्तिमा रूपान्तरण हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन् मा आइपुगेको भन्दै उनले सोही उपलब्धिमाथि भएको प्रहारविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय