Nepali Unicode | Preeti to Unicode

फागुन १। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी विकासतर्फ लैजाने ऐतिहासिक पहलकदमीमाथि प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताएका छन् ।
जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा आयोजित शहीद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले शहीदहरुको रगतबाट प्राप्त उपलब्धिलाई दक्षिणपन्थी र प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताएका हुन् । उनले संविधान र संघीय लोकतन्त्रलाई धरापमा पार्ने प्रयास गरिए चिहानबाट सहिदका कंकाल उठेर सरकार विरुद्ध लाग्ने चेतावनी दिए । उनले शहीदको बलिदानीलाई कुल्चने दुश्साहस नगर्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिए ।
“युद्धलाई शान्तिमा रुपान्तरण गरेका छौं । शान्तिलाई हामीले संविधानसभामा रुपान्तरण गर्यौ । संविधानसभालाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्यौं । संघीय लोकतान्त्रिक गणतन्त्रभित्र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने र देशमा राजनीतिक स्थायित्व र विकासतर्फ लैजाने जमर्को गर्यौ तर अहिले त्यही त्यही ऐतिहासिक पहलकदमीमाथि दक्षिणपन्थी कित्ताबाट प्रहार भएको छ,” उनले भने ।
सकारात्मक सामाजिक रुपान्तरणका निम्ति बलिदानी गरेका शहीदहरुलाई केही समय राज्यले दबाउने र सम्मान पनि नदिन सक्ने माक्र्सले भन्ने गरेको स्मरण गर्दै उनले अन्तत नयाँ पीडीले शहीदको सम्मानका लागि सरकारलाई खबरदारी गरी सम्मान दिलाई छाड्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय