माघ २९ । प्रतिनिधिसभा पुनःस्थापनालगायतका तीनबुँदे माग राख्दै डा। गोविन्द केसीले २०औँ सत्याग्रहको घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा। केसीले आउँदो फागुन १२ गतेसम्म आफ्ना माग सम्बोधन नभए सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानमाथि निरंकुश प्रहार भएकाले त्यसको विरोध गर्नु आफ्नो मौलिक कर्तव्य भएका कारण सत्याग्रहको घोषणा गरेको डा। केसीले बताएका छन् । आम नागरिकलाई समेत यो अहिंसात्मक पहलकदमीमा साथ दिन उनले अपिल गरेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs