Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

संक्रमण जितेकाले आत्मबल बलियो बनाउनुपर्ने तर सतर्क रहन सुझाव दिएका छन् । आफूहरू संक्रमण भएको बेला नआत्तिएको तर दृढ आत्मविश्वास कायम गरेर बसेको अनुभव साटेका छन् ।

संवैधानिक निकायका प्रमुखदेखि सांसदसम्मलाई कोरोना संक्रमण देखिएको छ । यस्तै, न्यायाधीशदेखि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी पत्रकारसम्मलाई कोरोना संक्रमण भएको छ ।

सांसद प्रदीप यादवले कोरोना संक्रमण भइहाले इच्छाशक्ति र आत्मबल बलियो बनाउन सके केही नहुने बताए । उनले भने, ‘इच्छाशक्ति बलियो बनाउने हो भने कोरोना परास्त गरिन्छ । सबैभन्दा ठूलो कुरा आत्मबल बलियो बनाउनुपर्छ । चिकित्सकको सल्लाह सुझावलाई मनन गर्नुपर्छ ।’

उनले संक्रमण हुन नदिन स्वयं व्यक्ति सचेत हुनुपर्ने बताए । सांसद यादव १२ दिन आइसोलेसनमा बसेका थिए ।

विराट मेडिकल कलेजका सञ्चालक चिकित्सक डा ज्ञानेन्द्रमानसिंह कार्कीले कोरोनासँगै बाँचेर हिँड्नुपर्ने बताए । डा कार्की ११ दिन आइसोलेसनमा बसेका थिए ।

सांसद यज्ञबहादुर बोगटीले आफू संक्रमित भए पनि संक्रमण भएको कुनै अनुभूति नभएको बताए । उनले भने, ‘तातोपानी, गुर्जोको रस र बेसारपानी खाएर कोरोना भगाएँ । कोरोना भइहाले डराउनुपर्ने र आत्तिहाल्नुपर्ने अवस्था रहिरहन्छ भन्ने महसुस गरें ।’ रिपोर्ट नेगेटिभ आए पनि उनी आइसोलेसनमा छन् ।

उद्योगपति विनोद चौधरीले १० दिनसम्म एकान्तवासमा बसेको बताए । उनले ट्वीट गर्दै भनेका छन्, ‘तपाईंहरूको उत्कृष्ट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा दियो । त्यही ऊर्जाकै कारण म कोरोना संक्रमणबाट मुक्त भएको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय