माघ २८ । नेकपाका नेता महफुज अन्सारीले केपी ओलीको जंगली अन्त्य गरेरै छाड्ने बताएका छन् । नेकपाको विरोधसभामा अन्सारीले जनादेश र जनअधिकारविरुद्ध लागेका ओलीको हालत अब ठीक नहुने बताए ।
“हामी ओलीको जंगली शासनका विरुद्धमा छौं,” उनले भने, “जनादेश र जनअधिकारविरुद्ध उभिएका केपी ओली जसरी निरंकुश राजाले जनताको नासो जनतालाई फिर्ता गरे भनेका थिए । केपी ओली त्यसैगरी आत्मसमर्पण गर्न बाध्य हुने छन् ।”
उनले प्रधानमन्त्री ओली कम्युनिस्ट आदर्श छाडेर सद्दाम हुसेनको बाटोमा लागेको भन्दै कम्युनिस्ट पार्टीमा सद्दामहरुलाई स्थान नरहने बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs