Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

माघ २७। त्रिभुवन विश्वविद्यालय त्रिवि ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमासञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका शिक्षाध्यक्ष ९रजिष्ट्रार० प्राडा। पेशल दाहालले जानकारी दिए । उनले कोभिड–१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थिति गरेर कक्षा सञ्चालन गर्न थालिएको बताए। कोभिड–१९ पछि त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्दै आइरहेको थियो । त्रिविले कोभिड–१९ को कारणले यस वर्ष तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेको हो । उहाँका अनुसार केही क्याम्पसले स्थानीय तहको स्वीकृत लिएर पहिल्यैदेखि नै पठनपाठन शुरु गरिसकेका छन् ।
“कोभिड–१९ को कारणले हामीले तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेका हौ” उनले भने, “त्यो पनि कक्षा १२ को परीक्षाफल ढिला प्रकाशन भएकोले मात्र तीन महिना ढिला भएको हो ।” त्रिविले पढाइ सञ्चालनका लागि अहिले प्रवेश परीक्षा लिइरहेको छ । उनले बन्दाबन्दीले रोकिएका परीक्षा धमाधम लिँदै र नतिजा प्रकाशनको काम भइरहेको जानकारी दिए । “मङ्सिरदेखि अहिले पनि परीक्षा सञ्चालन भइरहेका छन्”, उनले भने, “ती सबै परीक्षाको परीक्षाफल यही फागुन–चैत महिनाभित्र प्रकाशित गर्ने योजना रहेको छ ।” कोभिड–१९ को कारणले गत चैतदेखि स्थगित भएको त्रिविको परीक्षा यही मङ्सिरदेखि सञ्चालन भएको थियो । त्रिवि अन्तर्गत देशभरि एक हजार १२४ क्याम्पस रहेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय