Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २७ । इजरायल सरकारको सहयोगमा नेपालमा उत्कृष्टता कृषि केन्द्र एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने सम्बन्धमा छलफल भएको छ । नेपाल र इजरायलबीच इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था ‘माशव’को सहयोगमा नेपालमा उत्कृष्टता कृषि केन्द्र स्थापनाका लागि भर्चुअल छलफल भएको हो ।
समझदारीपत्रमा हस्ताक्षर भएअनुरुप नेपालमा उत्कृष्टता कृषि केन्द्र स्थापनाको तयारी स्वरुप दुई मुलुकका सम्बन्धित अधिकारीहरुबीच भर्चुअल माध्यमबाट छलफल भएको जनाइएको छ ।
राजधानीदेखिको दूरी, हावापानी, कृषि उत्पादनका लागि उपयुक्तताजस्ता विशेषताहरुका आधारमा कृषि केन्द्र स्थापनाका लागि उपयुक्त हुने स्थान ९जिल्ला० छनोट गर्ने विषयमा छलफल भएको थियो । इजरायली पक्षको नेतृत्व ‘माशव’की प्रमुख राजदूत एनाट श्लेन तथा नेपाली पक्षको नेतृत्व कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा हरि केसीले गरेका थिए ।
सो छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरे, राजदूत डा। अन्जान शाक्य, नेपालका लागि इजरायली राजदूत एच ई हनान गोडेर, कृषि विभागका महानिर्देशकलगायत विभिन्न विज्ञ व्यक्तिहरुको उपस्थिति रहेको दूतावासले जनाएको छ । उक्त बैठकमा राजदूत डा। शाक्यले समेत आफ्ना विचार राखेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय