Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २७ । महानगरीय ट्राफिक महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतालास गरी मंगलबार सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । मोटरसाइकल हराएको भनी निवेदन दिन आउनेहरुको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको विशेष अपरेशन टोली परिचालन गरी चोरीमा संलग्न व्यक्तिसहित मोटरसाइकलहरु नियन्त्रणमा लिइएको हो ।
उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंग, कलंकी लगायतका स्थानबाट फेला पारिएको २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महशाखाका अनुसार सादा पोशाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तिव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी जनक भटटराईले बताए ।
उनले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकोले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न समेत मोटरसाइकल चालकहरुलई सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय