Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

२७ माघ,। नेपाल स्टक एक्स्चेञ्जको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ । साताको तेस्रो कारोबार नेप्सेको वेवसाइट र टिएमएसको वेवसाइटमा कारोबार तथ्यांक नै फरक देखिएको छ ।
कारोबार प्रणालीमा समस्यादेखिए पछि ब्रोकर कम्पनीबाट ‘टिएमएस’ नामक सफ्टवेयर लिएर अनलाइन कारोबार गर्दै आएका लगानीकर्ताहरु अलमलमा परेका छन् । सेयर बजारका सक्रिय लगानीकर्ता प्रविण श्रेष्ठले टिएमएस र नेप्सेमा फरक तथ्यांक देखिदा कारोबार गर्नै डर लागेको बताए ।

नेप्सेको वेवसाइटमा कारोबार रकम १ अर्ब ५४ करोड रुपैयाँ भन्दा धेरै पुगिसक्दा समेत टिएमएसमा भने ९० करोड ७६ लाख रुपैयाँमात्रै देखाएको छ । ‘यहा ठूला लगानीकर्ताहरुको चलखेल पनि हुनसक्छ । कारोबार टर्नओभर नै फरक देखिनुमा शंका गर्ने ठाउँ छ’ अनलाइनखबरसँग उनले भने, ‘यसले गर्दा मैले सेल डिशिजन नै लिन सकिरहेको छैन ।’
अनलाइन कारोबार प्रणालीमा यस अघि पनि समस्या आउने गरेको थियो । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले समस्याका विषयमा बुझ्ने बताए । कुनै त्यस्तो समस्या आउ तत्कालै समाधान गर्न बोर्डले नेप्सेलार्य निर्देशन दिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय