Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

माघ २७। छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका(१८ बिजौरीस्थित चौवाखोलामा लु।५६ प ९८१७ नम्बरको मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा पैदलयात्री सोही उपमहानगरपालिका(१९ पकरे बस्ने ७५ वर्षीय दिल बहादुर बुढाथोकी मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापाको गौरीगंज गाउँपालिका(९ बढिधापस्थित सडकमा को।१३ प २०४० नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका(९ बैगुनधुरा बस्ने ३९ वर्षीय पुरुषोत्तम फुँयालको घटनास्थलमै मृत्यु भएको छ ।
यता रुपन्देहीको तिलोत्तमा नगरपालिका(३ शंकरनगरस्थित सडकमा लु। ३० प ८५६९ नम्बरको स्कुटरलाई सोमबार साँझ नम्बर नखुलेको बसले ठक्कर दिँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका(८ बस्ने २६ वर्षीया पुजा गहतराजको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका(२ अरनिको बस्तीस्थित सडकमा पनि से। ४ प ५५४६ नम्बरको मोटरसाइकलले सोमबार साँझ ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीया पोदेजोम तामाङ मृत्यु भएको छ ।
यसैगरी चितवनको रत्ननगर नगरपालिका(९ स्थित सडकमा ना।५ ख ५६७९ नम्बरको ट्रक र ना।६२ प ८२३० नम्बरको मोटरसाइकल सोमाबर राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ बस्ने २५ वर्षीया दुर्गा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई पुरानो मेडिकल कलेज भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोरखा गोरखा नगरपालिका(३ बस्ने २४ वर्षीय प्रबेश अर्यालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यसै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय