
माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् ।
चुनावको तयारी र पार्टीको विवादबारे परामर्श गर्न प्रधानमन्त्री ओली आज आयोगको कान्तिपथस्थित कार्यालय गएको बताइएको छ ।
यसअघि, आजै ओली समूहका नेताहरु आयोग पुगिसकेका छन् । महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु आयोग पुगेका हुन् ।