Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २६ । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियू क्रान्तिकारीको शैक्षिक हड्तालले सोमबार दाङसहित साबिक राप्तीका पाँच जिल्लाका शैक्षिक संस्थामा पठन(पाठन प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाको घोराही, तुलसीपुर, लमहीका सरकारी तथा निजि सस्थाहरु बन्द भएको जनाएको छ । बिहानै पढ्न हिँडेका बिद्यार्थिहरु विद्यालय बन्द भएका कारण फर्किएको प्रहरीले बताएको छ ।
रूकुम पश्चिममा अखिल ९क्रान्तिकारी० का नेता पक्राउ परेको विरोध विप्लव समूहले दाङसहित साबिक राप्तीका सल्यान, प्यूठान, रोल्पा, रूकुममा एकदिने शैक्षिक हड्तालको घोषणा गरेको हो

खिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० को २४औं जिल्ला सम्मेलन आयोजक समिति दाङका संयोजक अनिल केसीले विज्ञप्ति प्रकाशित गर्दै सोमबारको शैक्षिक हड्तालबारे बताएका थिए ।
केसीले आफ्नो संगठनका रूकुम पश्चिम जिल्ला अध्यक्ष प्रेम बोहोरा, कोषाध्यक्ष धनबहादुर वलीलगायत सर्वसाधारण सागर बुढा, अभिषेक बुढा र किरण रसाइलीलाई आफ्नै कोठामा बसेर अध्ययन गरिरहेका बेला गिरफ्तार गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले पक्राउ गरिएका सबैलाई बिना सर्त रिहा गर्न माग गर्दै त्यसो नगरिए कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय