माघ २६ । झापाको कचनकवल गाउँपालिका ६, बनियानी चोकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय रतन राजबंशी र ३३ वर्षीय डिल्ली राजबंशी छन् । मोटरसाइकलमा बिना हेलमेट सवार उनीहरुलाई इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले हेलमेट लगाउन भन्दै रोक्दा प्रहरीलाई गाली गलौज तथा हातपातसमेत गरेपपछि उनीहरुलाई पक्राउ गरेको हो ।
