Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

२५ माघ। नेकपा प्रचण्ड–माधव समहूको विद्यार्थी संगठन अनेरास्ववियूले संसद् विघटनविरुद्ध सिंहदरबार छेऊमा नाराबाजी गरेको छ । चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत अनेरास्ववियूले अनामनगर हनुमानस्थानमा प्रदर्शन गरेको हो ।
नाराबाजीका क्रममा विद्यार्थीहरुले ‘वी हेट यू केपी ओली, वी हेट यू’ नारा लगाएका थिए । ‘संसद् विघटन गर्दै मुलुकलाई प्रतिगमनलाई लैजाने शासकलाई हेट ९घृणा० गरेका हौं’, अखिलका नेता आरती लामाले भनिन् । यो समूहले प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक नारा लगाउने गरेका छन् ।
केही दिनअगाडि प्रधानमन्त्री ओलीका समर्थकले ‘केपी ओली, आई लभ यू’ नारा लगाएका थिए ।
हनुमानस्थानमा प्रदर्शन गरेपछि अखिलले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ । संसद् विघटनदेखि राज्य शक्तिको दुरुपयोगसम्मको विरोध जनाउँदै विरोध पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दर्ता गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय