Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २५। चितवन, बर्दिया, दोलखा र दार्चुलामा चारजना मृत अवस्थामा फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका १६, शिवघाटस्थित नारायणी नदीको किनारमा परिचय नखुलेका करिब ३५ वर्षीय पुरुषको शव फेला परेको छ ।
बर्दियाको राजापुर नगरपालिका १०, लालपुरघाटस्थित नदीको किनारमा सोही ठाउँ बस्ने ७५ वर्षीय लक्ष्मण थारु मृत अवस्थामा फेला परेका छन् ।
दोलखाको कालिन्चोक गाउँपालिका ७, चरिकोट सिंगटीस्थित झमर्सी भिरमा सर्लाही मलगंवा नगरपालिका ३ घर भई हाल नेपाल बैंकको शाखा कार्यालय सिंगटी दोलखामा कार्यरत २९ वर्षीय अजितकुमार झा मृत अवस्थामा फेला परेका छन् ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका ७, पन्तपाली बस्ने ३६ वर्षीया पार्वती बोहरा सोही गाउँपालिका ६, सलेतीस्थित महाकाली नदीको किनारमा मृत अवस्थामा फेला परेकी छिन् । गत माघ १२ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय