Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

माघ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा मधेशी नागरिक समाजले अभियान सञ्चालन गरेको छ ।
झापाको भद्रपुरबाट शुरु भएको अभियान वीरगञ्जमा गएर टुगिंने कार्यक्रमको संयोजन गरिरहेका लेखक एवं राजनीतिकर्मी रामरिझन यादवले बताए । हिजोबाट शुरु भएको कार्यक्रम १५ दिनसम्म चल्नेछ । हुलाकी राजमार्गमा सो अभियान सञ्चालन हुने बताइएको छ ।
झापदेखि वीरगञ्जसम्म ३५ वटा कार्यकक्रम तय भएको छ । त्यसमध्ये चारवटा कार्यक्रम मात्र महेन्द्र राजमार्गमा हुने उनले बताए । सबै कार्यक्रमको मुख्य वक्ता नागरिक अगुवा कृष्ण पहाडी हुने बताइएको छ । प्रधानमन्त्री ओलीले संसद् विघटन गरी संघीयता र लोकतान्त्रलाई धरापमा पारेको र त्यसका लागि तराई मधेशको दक्षिणीबेल्टमा जागरण फैलाउन यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर जनतामा अनेक भ्रम छर्ने काम गरिरहेको र ओलीले परिवर्तनलाई पनि समाप्त गर्ने प्रयास गरेको कारण यो अभियान सञ्चालन गरेको उनले बताए ।
ठाउँ ठाउँमा हुने अन्तरक्रिया कार्यक्रम तथा गोष्ठीमा त्यहाँका नागरिक समाज, वुद्धिजिवी, पत्रकार, राजनीतिक दलका नेताहरुलाई समेत आमन्त्रित गर्ने योजना रहेको उनले बताए । वीरगञ्जसम्मको कार्यक्रम सफल भएपछि पश्चिम तराईको कार्यक्रमको तयारी गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय