Nepali Unicode | Preeti to Unicode

२५ माघ, । सुनको भाउ तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला भाउ ९० हजार ६ सय रुपैयाँ तोकेको हो । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले आजको लागि तेजावी सुनको भाउ प्रतितोला ९० हजार १५० रुपैयाँ तोकेको छ । गत शुक्रबार उक्त सुनको बजार मूल्य ८९ हजार ५५० रुपैयाँ थियो ।
आइतबार सुनसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि देखिएको छ । शुक्रबार एक हजार २९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज एक हजार ३१० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय