
माघ २३। नेकपाका ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गाडी चढेरै मञ्चमा पुगेका छन् ।
शुक्रबार ओली नारायणहिटीअघिको सभालाई सम्बोधन गर्न गाडीबाटै मञ्चसम्म पुगेका हुन् । केशरहलदेखि महेन्द्र सालिकससम्म सभामा उपस्थित मानिसको भिड रहेको छ ।
सभालाई ओलीसँगै नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापालगायतले सम्बोधन गर्ने बताइएको छ ।