Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

२३ माघ । आफ्नै आँगनमा खेल्दाखेल्दै हराएका सिराहाका २ वर्षीय बालक भारतमा फेला परेका छन् ।
सिराहा सदरमुकाम सिराहा नगरपालिका वडानम्बर १ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षी छोरा प्रयांसु गत मंगलबार राति आफ्नै आँगनाबाट बेपत्ता भएका थिए ।
बेपत्ता भएका बालक भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट सकुशल फेला परेको सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
उनका अनुसार बालक खाजेडीको एक सार्वजनिक स्थानबाट फेला परेका हुन् । हराएको ४८ घण्टाभित्रै फेला परेका बालकलाई बिहीबार राति ७ बजेतिर घर ल्याएर उनको परिवारजनलाई जिम्मा लगाइएको शर्माले बताए ।
बालक कसरी सिराहाबाट भारतसम्म गए भन्ने सन्दर्भमा खुल्न नसकेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय