Nepali Unicode | Preeti to Unicode

२३ माघ । प्रदेश २ को सप्तरी र सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडानम्बर ६ कठौनास्थित पूर्वपश्चिम राजमार्गमा कारले दिएको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२ज ४०४७ नम्बरको कारले स१०प २७३३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करले गम्भीर घाइते भएका मोटरसाइकल चालक कृष्णसावरन गाउँपालिका १ बस्ने ६५ वर्षीय बहुरी चौधरीलाई उपचारका लागि घोपा क्याम्प धरान लागिएकोमा उपचारकै क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कार र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
यस्तै, सर्लाहीको गोडैता नगरपालिका १ बहादुरपुरस्थित नेपाल(भारत सीमा नजिकै ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३०आर ७१५४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३०जीए ०७९६ नम्बरको टयाक्टर एक आपसमा ठोक्किएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकलमा सबार सर्लाहीको बरहथवा नगरपालिका १३ विन्वा टोल बस्ने ४९ वर्षीय इन्द्रासनदेवी यादवको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक एवं मृतकका छोरा २३ वर्षीय रुपेश राय घाइते भएका छन् ।
गम्भीर घाइते भएकी इन्द्रासनदेवीलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक दीपक चोरबारले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय