
माघ २२ । बिमा समितिका नवनियुक्त अध्यक्ष सूूर्यप्रसाद सिलवालले पद तथा गोपनीयताको शपथ लिएका छन् । समितिको अध्यक्षमा नियुक्त भएका पूर्वसचिव सिलवाललाई अर्थमन्त्री विष्णु पौडेलले शपथग्रहण गराएका हुन् ।
यही माघ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई समितिको अध्यक्ष नियुक्त गरेको थियो । गएको पुस २३ गते तत्कालीन अध्यक्ष चिरञ्जीवी चापागाईंले चार वर्ष कार्यकाल पूरा गरेर बाहिरिएसँगै रिक्त रहेको समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गरिएको हो ।
सिलवालले आज शपथ लिए पनि माघ २३ गते शुक्रबार मात्रै पदभार ग्राहण गर्ने जनाइएको छ ।