Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

२२ माघ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । महोत्तरीको बर्दिबासस्थित मुख्य चोकमा बिहानैदेखि प्रदर्शन गरिरहेका नेकपा प्रचण्ड(माधव समूहका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर राजमार्ग आशिंक रुपमा खुलाएको हो ।
राजमार्गमा धर्ना बसेका प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको थियो । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको थियो । बिहानैदेखि प्रचण्ड(माधव समूहका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा राजमार्ग बन्द गर्नुका साथै प्रदर्शन समेत गरेका थिए । प्रहरीले स्कटिङ गरेर गन्तव्यतर्फ सवारीसाधनलाई पठाइरहेका छन् ।प्रदर्शाकारीहरुले राजमार्गमा बसेर नाराबाजी गरिरहेका छन्
प्रहरी र प्रदर्शनकारीबीच भएको झड्पमा प्रचण्ड(माधव समूहका शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गाना लगायत घाइते भएका छन् । उनीहरुको हात, खुट्टा र टाउको चोट लागेको छ । वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ ।
बर्दिबास बन्द गराउन नपाइने भन्दै राजाबादी समर्थन र केपी समूहका कार्यकर्ताहरुले नाराबाजी गर्दै बन्द सडक खुलाउन प्रहरीलाई दबाब दिँदै प्रदर्शन गरेका थिए । प्रचण्ड(माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव महोत्तरीमा समेत परेको छ । आमहड्तालका कारण यस क्षेत्रका बजार, कलकरखाना, शैक्षिक संस्थाहरु बिहानैदेखि बन्द छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय