
माघ २२ । सुनकोसी तेस्रो ९५३६ मेगावाट जलाशययुक्त विद्युत् आयोजना प्राविधिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इन्जिनियरिङ डिजाइनको काम भने सकिएको विद्युत् विकास विभागले जनाएको छ ।
प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएको र वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए०को काम बाँकी रहेको छ । विभागका इन्जिनियर सुवास थपलियाका अनुसार ईआईए अध्ययनका क्रममा वन तथा वातावरण मन्त्रालयमा कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृतिको क्रममा रहेको छ ।
कोभिड–१९ का कारण पनि सुनकोसी तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण केही प्रक्रिया पर धकेलिएको हो । ‘‘कोभिडका कारण आयोजनाको परामर्शदाता कम्पनीले फिल्डमा गएर काम गर्ने वातावरण नभएकाले ईआईएको काम केही धकेलिएको हो,’’ थपलियाले भने ।
परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन ९टीओआर० प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोनाभाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको थियो । एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोसी तेस्रोको टीओआर भने एक वर्षअघि नै अर्थात गत वर्ष माघमा विद्युत् विकास विभागलाई बुझाइसकेका थिए । टीओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घर–परवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा के कस्तो व्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्तिलगायतको विषयसमेत उल्लेख गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजनाको ईआईएका लागि क्षेत्र निर्धारण गर्न गत साल नै प्रक्रिया सुरु गरिए पनि कोभिडका कारण एक वर्ष लम्बिएको विभागले जनायो । एक वर्षअघि आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा संघ–संस्थाबाट सुझावसमेत मागिएको थियो ।
विभागले सुनकोसी तेस्रो र सुनकोसी दोस्रो आयोजनाको अध्ययनका लागि १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । दुवै आयोजना अध्ययनको काम सक्न ३३ करोड रुपैयाँ लाग्ने थपलियाले बताए ।
परियोजनाअन्तर्गत वागमती प्रदेशअन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सिमाना भएर बग्ने सुनकोसी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१, लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजना सुनकोसी–३ बाट ५३६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाका लागि लुभूघाटस्थित नदीमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेन्ड पानीलाई १।१ किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभूघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ भने लगभग ५३६ मेगावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोसी नदीमा खसालिनेछ ।
आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका करिब एक हजार ६०० परिवार प्रभावित हुनसक्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । आयोजनाबाट सिन्धुपाल्चोेकका तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकका तीन गाउँपालिका र दुई नगरपालिका, रामेछापका दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युत्गृह र डुबानक्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाका प्रभावित क्षेत्र डुवान क्षेत्रमा पर्नेछन् ।
वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियम ४ ९१०, अनुसूची–२ बमोजिम ईआईए प्रतिवेदन तयार गर्दा प्रभावित भनिएका क्षेत्रमा भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिनुपर्ने भएकाले समयसीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्त रूपमा सार्वजनिक रूपमा अपिल गरिसकेका छन् ।
पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा सरोकारवालासँग छलफल गर्ने वातावरण तयारी चरणमा रहेको बताए । ‘‘सुनकोसी तेस्रो जलाशययुक्त विद्युत् आयोजना जसरी पनि सम्पन्न गर्ने नै हो । यसपछि माछापालन, बोटिङ, पर्यटकीय होटेल तथा थप पर्यटकीयस्थल विकासको समेत सम्भावना छ,’’ उनले भने ।
सन् १९८५ मै जापान इन्टरनेसनल कोअपरेसन जाइकाले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो । जाइकाले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युत्मध्ये सुनकोसी तेस्रो एक हो । वि।सं। २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना ९२.४ मेगावाट क्षमता निर्माणपश्चात् प्रस्तावित सुनकोसी–३ जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ ।
वि।सं। २०७५ चैतमा काठमाडौंमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा पनि सुनकोसी तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रसारणलाइनको समस्या छैन । प्रस्तावित आयोजना निर्माणस्थल संघीय राजधानी काठमाडौंबाट ६० किलोमिटरको दूरीमा छ । रासस