Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
मोटरसाइकल एक आपसमा ठोकिंदा एक युवकको मृत्यु
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

२१ माघ । झापामा मोटरसाइकल एक आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ।
झापा शिवसतासी नगरपालिका ९ बस्ने २३ वर्षीय करण कार्कीको मृत्यु भएको हो। मङ्गलवार राति झापा कनकाई नगरपालिका वडा नम्बर ८ स्थित बिरिङ पुल नजिकै पूर्व(पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ११ प ५७६७ नम्बर को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ७९प ७८८५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए।
सोही क्रममा बा ७९प ७८८५ मोटरसाइकल चालक कार्कीको कम्मरको बाँया भागमा गम्भिर चोट लागी घाइते भएकाले उपचारको लागि बि एन्ड सी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धरानको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान रिफर गरियो। त्यहाँ पनि उपचार नभएपछि भारतको सिलगुढी लग्ने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
अनुसन्धानको लागि ठक्कर दिने मोटरसाइकल चालक र मोटरसाइकल नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय