Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
आइतबारदेखि हङकङवासीलाई बेलायतको ‘स्पेसल भिसा’
Nepali Unicode | Preeti to Unicode

माघ २१ । आइतबारदेखि सुरु हुने विशेष नयाँ भिसामार्फत हङकङका तीन लाख बासिन्दाहरु बेलायत जाने अपेक्षा गरिएको छ । हङकङका ब्रिटिस नेसनल बीएनओ पासपोर्ट हुनेहरु र तिनका परिवारसमेतले स्मार्टफोनको एउटा एपमार्फत बेलायतको भिसाका लागि आवेदन दिन पाउनेछन् । यसले उनीहरुलाई स्थायी रूपमा बेलायती नागरिकता पाउने बाटो खुलाएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतको पूर्वऔपनिवेशसँगको इतिहास र मित्रताप्रति कृतज्ञता जनाएका हुन् । सन् २०२० जुलाइमा चीनले हङकङमाथि नयाँ किसिमको सुरक्षा कानुन लागु गर्ने बताएपछि नै यस विशेष भिसाबारे घोषणा गरिएको थियो । बेइजिङले भने आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भनेर बेलायतलाई चेतावनी दिएको छ ।
यस भिसाका लागि आवदेन दिनेहरुको पाँच वर्षसम्मका लागि बेलायतमा बस्न पाउने अनुमति सुनिश्चित हुन्छ । त्यसपछिको १२ महिनामा बेलायतको आधिकारिक नागरिकता पाउन सक्नेछन् । हङकङमा २९ लाख मानिसहरु नयाँ भिसाका लागि योग्य छन् । तर, अहिलेका लागि सरकारले तीन लाखले यो अफर लिने अपेक्षा गरेको छ ।
प्रधानमन्त्री जोन्सनले भनेका छन्, “मलाई अहिले अत्यन्तै गर्व महसुस भइरहेको छ कि हामीले ब्रिटिस पासपोर्ट होल्डर हङकङवासीहरुलाई बस्न, काम गर्न अनि हाम्रो देशलाई आफ्नो घर बनाउन ल्याउँदैछौँ ।” पाँच वर्षसम्म बस्नका लागि भिसाको शुल्क प्रतिव्यक्ति केबल २५० पाउन्ड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय