Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
संवैधानिक आयोगमा नियुक्ति तानाशाहीको अर्को नमुना हो
Nepali Unicode | Preeti to Unicode

माघ २१ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक आयोगमा गरिएको नियुक्ति तानाशाहीको अर्को नमुना भएको बताएका छन् ।
राष्ट्रपति कार्यालयमा आज सपथ ग्रहण गराइएपछि बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै खनालले केपी ओलीले मुलुकलाई थप अन्धकारतिर धकेलेको भन्दै आक्रोश पोखे ।
उनले भने, “यो तानाशाहीको अर्को नमुना हो । सम्पूर्ण प्रशासनलाई एकलौटी गर्ने, मनपरीतन्त्र निम्त्याउने, मुलुकलाई अन्धकारतर्फ लैजाने कामको थप कदम हो । यसको हाम्रो पार्टी भत्सर्ना गर्छ, निन्दा गर्छ ।”
राष्ट्रपति कार्यालयले आज संवैधानिक आयोगहरूमा सिफारिस भएकाहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएको छ । सरकारले गत मङ्सिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो ।
संवैधानिक परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएको र मङ्गलबार सिफारिसको ४५ दिन पूरा भएकाले संवैधानिक प्रावधानमै टेकेर राष्ट्रपति कार्यालयले शपथ खुवाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान राष्ट्रपति कार्यालयमा सपथ खुवाएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय