Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

माघ २१। कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि पर्यटन बस व्यवसायी देश दौडाहामा लागेका छन् ।
टुरिष्ट बस एसोसिएसन अफ नेपाल टिवानको नेतृत्वमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पर्यटन बस व्यवसायीको समूह लुम्बिनी र बर्दिया भ्रमणमा लागेको हो ।
कोरोना संक्रमणसँगै नेपाल पर्यटन बोर्डको सहकार्यमा लुम्बिनी र बर्दियामा हुन लागेको ‘हेल्थ प्रोटोकल कम्युनिकेसन तालिम’मा भाग लिनका साथै देशभरका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक बस सञ्चालनका लागि आजदेखि देश दौडाहामा लागिएको टिवानका अध्यक्ष ईश्वर शर्माले जानकारी दिए ।
‘‘लुम्बिनी र बर्दिया भ्रमण गर्न लागेको उक्त टोलीले काठमाडौंबाट लुम्बिनी र बर्दियामा सिधा पर्यटकीय बस सञ्चालनका लागि त्यहाँका पर्यटक व्यवसायीसँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ,’’ अध्यक्ष शर्माले भने ।
टिवानले नेतृत्व गरेको २० जनाको उक्त समूहमा नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा०का अध्यक्ष अच्युत गुरागाईँ, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज् ९नारा०का महासचिव शिशिर खनाललगायतको सहभागिता रहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय